उदेश्यहरु
- तमू(गुरुङ) हरुको संघ-संस्थाहरु वीच तथा तमूहरुको वीच सद्भावना एवं भातृत्व अभिवृद्धि गरी देश विकासको मूल प्रवाहमा संगठित रुपले क्रियाशिल हुने ।
- तमू(गुरुङ) सदस्य संस्थाहरुको सामाजिक, आर्थिक, शैक्षिक,र भाषिक उत्थान तथा विकास गरी देश विकासमा टेवा पुन्याउने ।
- तमू(गुरुङ)हरुको भाषा, लिपि, धर्म, कला, संस्कृति, संस्कार र परम्परा इत्यादिको अध्ययन अनुसन्धान गर्ने र सोको, संरक्षण, सम्वर्द्धन र विकास गर्नमा नेपाल सरकार तथा सदस्य संस्थाहरुलाई सहयोग गर्ने ।
- संस्थाले धर्म संस्कृति र संस्कारहरुलाई सम्वर्द्धन र संरक्षण गर्नका लागि विभिन्न क्होईंबो, गुम्वा, स्तुपा, मुर्तिहरुको स्थापना गर्ने गराउने ।
- तमू(गुरुङ) जातिमा परम्परा देखि चालिआएका सामाजिक, धार्मिक, र सांस्कृतिक संस्कारहरुमा भएका विविधताको पहिचान गरी समयानुकुल परिमार्जन गरी तदानुरुप कार्यान्वयन गर्ने, गराउने ।
- समान उदेश्यका राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ, संस्थाहरुको समझदारी र सम्बन्ध कायम गर्ने ।
- संस्थाले नेपाल सरकार, स्वदेशी तथा विदेशी संघ-संस्थाहरुबाट सहयोग लिई विभिन्न कार्यक्रमहरु (जस्तै तालिम, गोष्ठी, सेमिनार आदि) संचालन गर्ने, गराउने र राष्ट्रिय, अन्तराष्ट्रिय क्षेत्रमा आदिवासी जनजाति सम्बन्धि कार्यक्रममा भाग लिने ।
- देशमा भएका विभिन्न आदिवासी जनजातिका संघ संस्थाहरु वीच एक आपसमा सहयोग र पारस्परिक रुपमा समन्वय र सम्वन्ध वढाई कार्यगत एकता गर्दै अघि वढने ।
- तमू(गुरुङ) जाति, समुदाय वा संघ संस्थाहरुको सम्पूर्ण विकास हुने दिर्घकालिन र अल्पकालीन विभिन्न कार्यहरु गर्ने, गराउने ।
- तमूहरुलाई भावनात्मक एकताको सुत्रमा आवद्ध गराउने खालको कार्यक्रमहरु संचालन गर्ने, गराउने ।
- गरीव तथा जेहेन्दार तमू विधार्थीहरुलाई छात्रवृतिको व्यवस्था गर्ने तथा तमूहरुको भाषा, संस्कृति, इतिहास एवं धार्मिक परम्परालाई विभिन्न पुस्तक, पत्रपत्रिका र अन्य संचारका माध्यमहरुद्वारा प्रचार-प्रसार गर्ने गराउने कार्यमा विशेष क्रियाशील रहने ।
- तमू जातिको हित, स्वाभिमान र यश वृद्धिको लागि सहयोग पुन्याउने खालका कुनै पनि कार्यक्रमहरु संचालन गर्ने, गराउने ।
- तमू जाति लगायत सवैको सेवाको लागि एम्वुलेन्स तथा शवबाहन संचालन गर्ने, गराउने ।
- संस्थाको प्रत्येक तहका कार्यसमितिले आफ्नो समितिको नाममा ब्यक्ति सरह सामुदायिक भवन/घर, जग्गा लगायत विभिन्न चल अचल सम्पत्तिहरु खरिद एवं विक्री गर्न सकिने छ ।